आज मिति : बि.स. 2082-09-03 [ई.स. 2025-12-18]

प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

पूर्वाधार विकास कार्यालय

कोशी प्रदेश उदयपुर, गाईघाट

स्वागत छ

पूर्वाधार विकास कार्यालय,उदयपुर

परिचय

नेपालको संविधान जारी भए पछि संविधानले परिकल्पना गरेको संघियताको मर्म अनुरुप कोशी प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेश विराटनगरको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहे गरी  उदयपुर जिल्लामा स्थापना भएको यस पूर्वाधार विकास कार्यालय उदयपुर विधिवत रुपमा संचालनमा आएको हो । उदयपुर र खोटाङ्ग जिल्ला  कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी जिल्लामा मोटरबाटो, मोटरेवल पुल र झोलुङ्गे पुल निर्माण सम्वन्धी कार्य गर्ने गर्दछ ।  पूर्वाधार विकास कार्यालय, उदयपुर गाईघाट स्थित बोक्सेमा अवस्थित छ । 

 समग्रमा, पूर्वाधार विकास कार्यालय, उदयपुर ले प्रवाह गर्ने सेवाका क्षेत्रहरु निम्न अनुसार रहेका छन ।

१. प्रादेशिक सडकहरुको निर्माण, स्तरोन्नती तथा मर्मत सम्भार: 

प्रादेशिक सडकहरुको निर्माण, स्तरोन्नती तथा मर्मत सम्भार सम्वन्धी कार्यको लागि पूर्वाधार विकास कार्यालय, उदयपुर अन्तर्गत तल उल्लेखित कार्यक्रमहरु संचालनमा रहेका छन ।

  • एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम 
  • प्रादेशिक सडक "क" वर्गका सडकहरु
  • स्थानीय तहहरुको केन्द्र जोडने सडकहरु 
  • प्रादेशिक सडक "ख" वर्गका सडकहरु
  • प्रादेशिक सडक "ग" वर्गका सडकहरु
  • प्रादेशिक सडकहरुको आवधिक तथा नियमित मर्मतसम्भार आदी

२. प्रादेशिक सडकहरुमा सडकपुल निर्माण गर्ने कार्य

३. झोलुङ्गेपुलहरुको निर्माण कार्य

४. अन्य प्राविधिक सहयोग तथा परामर्श सम्वन्धी कार्यहरु

 

  • सूचनापाटी
  • पछिल्ला सामग्रीहरु

फोटो ग्यालरी

शीर्षमा जानुहोस्